लक डाउनकाे समयमा शिक्षकद्धारा रचनात्मक कार्य



२७ चैत्र २०७६
प्रशुराम चाैधरी, बर्दिया
देश अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोनाका भयले लकडाउनमा रहेको अवश्थामा प्रविधि मैत्री शिक्षक समाजको प्रदेश न‌ं ५ को आयोजनामा गुणाखर भट्टराई (केन्द्रीय उपाध्यक्ष ANTO) बिष्णु पाेखरेल (प्रदेश नं ५ अध्यक्ष NNTA ) आतिथ्ययता र प्रविधमैत्री शिक्षक समाजको केन्द्रीय अध्यक्ष भूपति बस्यालको अध्यक्षतामा अनलाइन शिक्षक तालिमको तेस्रो दिन आज जम्मा ७६ जनाको सहभागितामा अति नै प्रभावकारी तवरले सम्पन्न भयो । 













बर्दियाका शिक्षक तथा बहुमखी प्रतिभाका धनी प्रभात सुवेदी, गण्डकी प्रदेशको प्रविधमा जानकार संविधान लामिछाने र इवराज तिवारीले प्रशिक्षण एवम् सहजिकरण गरेको उक्त दिनको तालिममा  मोबाइल र ल्यापटप तथा डेक्स्टप बिचको सम्बन्ध कसरी स्थापित गराउने, आजको आधुनिक विद्यार्थीहरुका लागि नयाँ शिक्षण विधिलाइ शिक्षणमा भित्र्याउन अडियो मिक्सिङ कसरी गर्ने तथा हाइपरलिङ्कबाट विद्यालयको तथ्याङ्क व्यवस्थापन एवम् शैक्षिक सामग्री कसरी निर्माण गर्ने जस्ता अति नै प्रभावकारी विषयवस्तु समावेश गर्दै शिक्षकमा पनि नयाँ कुरा सिक्ने भोक जगाएको तालिमको समापन प्रविधीमैत्री शिक्षक समाजका केन्द्रिय सदस्य कुमार प्रसाद सापकोटाले गर्नुभएको थियो ।





Post a Comment

0 Comments